समाज

काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो : अष्ट्रेलिया, न्यूजिल्यान्ड र क्यानडाद्वारा उद्धार स्थगित

एजेन्सी । काबुल बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, विस्फोटमा घाइते हुनेको संख्या डेढसय नाघेको उल्लेख छ ।ज्यान गुमाउनेमा १३ अमेरिकी सैनिक र अन्य अफगानिस्तानका नागरिक रहेको जनाइएको छ ।

गएराति काबुल विमानस्थलबाहिर लगातार ६ वटा बम विस्फोट भएको जनाइएको छ ।न्यूजिल्यान्ड, अष्ट्रेलिया र क्यानडाले बम विस्फोटको घटना लगत्तै उद्दार कार्य स्थगित गरिएको जनाएका छन् । बिम विस्फोटको घटनापछि थप आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिका लगायतका मुलुकले सतर्कता अपनाउन आग्रह गरेका छन् ।अमेरिकाले आक्रमणको घटना पछाडि अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआईको संलग्नता हुनसक्ने दावी गरेको छ ।साभार : नेपाल प्रेस

Comment here