समाज

किराना व्यवसायी संगठित हुदै

जनकपुुरधाम फागुन १ गते । जनकपुरधाममा रहेको किराना व्यवसायीहरु अब संगठित भईरहेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ निर्वाचित भए देखि संघ संग आबद्धता रहेको विभिन्न बस्तुगत व्यवासायीहरुको हितका लागि काम गर्दै आएका बेलामा शनिबार किराना व्यवसायीहरुको संगठन निर्माण गर्नुभएको छ ।संघकै कक्षमा किराना व्यवासायीहरुलाई एकठाउँमा भेला गराई ९ सदस्यीय जनकपुरधाम किराना व्यवासयी संघ गठन गरिएको छ । संघका पुर्व उपाध्यक्ष समेत रहेका किराना व्यवसायी विकास कुमार चौधरीको अध्यक्षतामा गठन भएको समितिका उपाध्यक्षमा कैलास गोयन्का, महासचिवमा दिपक गुप्ता, सचिवमा बलराम साह, कोषाध्यक्षमा विनोद साह तथा सदस्यहरुमा विरेन्द्र कुमार साह,दिपक साह, राज कुमार यादव तथा संजिव कुमार साह रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । जनकपुरधाम उद्योग वाणिज्य संघकै मातहतमा रहेर सो समितिले किराना व्यवसायीहरुको हितमा काम गर्नुका साथै व्यवासायीहरुलाई तालिम प्रदान लगायतका काम गरि व्यवस्थित किराना व्यवसाय संचालन सक्रिय हुने जनाइएको छ । संघका पुर्व अध्यक्ष द्वय निर्मल चौधरी तथा श्याम साहको विशेष उपस्थितीमा कार्य समितिका पदाधिकारीहरुको सहभागितामा सो समिति गठन भएको संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले जानकारी दिनुभयो । सो अवसरमा एकजना व्यवापारीलाई आर्थिक सहयोग समेत गरिएको छ । केहि दिन पहिला जनकपुरधाम ४ विद्यापती चोकमा चियापसल संचालन गरिरहेका सुधिर कर्णको पसलमा अज्ञात व्यक्तिले आगो लगाएका कारण पसल पुर्ण रुपमा नष्ट भएको थियो । जनकपुरधाम उद्योग वाणिज्य संघले पसले सुधिर कर्णलाई राहत स्वरुप पन्द्र हजारको चेक हस्तानान्तरण गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

Comment here