समाज

किसानलाई जसपा नेता महेन्द्रका छाता र कोदालो

जनकपुरधाम । सर्लाहीको हरिपूर्वा निवासी जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश समिति सदस्य महेन्द्र यादवले गाउँका गरीब तथा मिहिनेती किसान र खेतीहर मजदुरलाई छाता तथा कोदालो वितरण गरेका छन् ।वातावरणीय असन्तुलनसँगै कुनै बेला पनि मौसम प्रतिकूल हुँदा खेतीकिसानी गर्नेहरूलाई मुश्किल भइरहेका बेला कृषिऔजार कोदालोसँगै जसपा नेता यादवले छाता वितरण गरेका हुन् ।उनले हरिपूर्वा नगरपालिकाको वडा नम्बर ७ मा चार सय थान छाता र दुई सय पचास थान कोदालो वितरण गरेका छन् ।यादव हरिपूर्वा नगर शिक्षा समितिका अध्यक्ष पनि हुन् ।

छाता र कोदालो प्राप्त गरेपछि किसानहरूले घामपानीका कारण कृषिकार्य गर्न कठिन भइरहेका बेला छाता र कोदालोले सहज हुने बताए ।

Comment here