मनोरंजन

के डिजिटल डेब्यूका लागि २० करोड पारिश्रमिक लिइरहेका छन् कपिल शर्मा ?

हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी २० करोड भारु पारिश्रमिक लिँदैछन् ।

हालै द कपिल शर्मा शोको एक एपिसोडमा कृष्णा अभिषेकले यो कुराको खुलासा गरेका हुन् । कृष्णाले मस्ती गर्दै कपिल शर्मा ओटीटी प्लेटफर्ममा आफ्नो डिजिटल डेब्यूका लागि २० करोड भारु दिने भएका छन् । यद्यपि, कृष्णाले यो कुरा मजाकमा मात्रै भनेका थिए तर यति ठूलो रकमको कुराले मानिसहरुको कान भने ठाडो भएको छ ।

Comment here