काठमाडौं । काठमाडौंका बिभिन्न स्थानबाट लागु औषध कोकिनसहित १३ जना पक्राउ परेका छन्।लागु औषध नियन्त्रण ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौँका विभिन्न स्थानबाट १ किलो ५ सय १२ ग्राम कोकिन सहित १३ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।
प्रहरीले साउन ७ गते काठमाडौंको पकनाजोलको एक होटलबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुबाट ५ सय ग्राम कोकिन फेला परेको थियो। पक्राउ परेकामध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको व्युरो प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए।प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ। प्रहरीले साउन १० गते चितवन भरतपुर महानगरपालिका ७ बाट गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको र त्यसपछि अनुसन्धान गर्दै जाँदा थप व्यक्ति पक्राउ गरेको थापाले बताए।
त्यसपछि प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो। त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको व्युरोले जनाएको छ।साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको व्युरोको भनाई छ। बरामद गरेको कोकिनको बजार करिव साढे चार करोड रहेका प्रहरीले जनाएको छ।
साभार : स्पेस खबर


Comment here