एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औंल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको कठिन अवस्थामा नागरिकको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायले आफ्ना तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्ने उल्लेख गरेको हो । यस विषम परिस्थितिमा अवस्थामा नेपालका राजनीतिज्ञले पनि आफ्ना मतभेदलाई अलग राखेर आगामी हप्तामा निर्णायक कदम चाल्नुपर्ने एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको अभावमा नेपालका स्वास्थ्य संरचना कोरोना भाइरसको सङ्क्रमणको भारले कमजोर बन्न पुगेका छन् । सो संस्थाले नेपालको न्यून स्रोत साधनयुक्त स्वास्थ्य प्रणालीमाथि कोरोना भाइरसले पारेको प्रभाव र औषधि तथा उपकरणको अभावका कारण अस्पतालका कर्मचारी र कोभिड–१९ का बिरामीले भोग्नुपरेको नतिजाको समेत विश्लेषण गरेको छ । दक्षिण एशियाका अन्य देश जस्तै नेपालले पनि खोपको अभावको सामना गरिरहेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेशनलले कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्न अघि बढाइएको कोभ्याक्स कार्यक्रमले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको र धनी राष्ट्रले आफ्नो आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको टिप्पणी गरेको छ । एम्नेस्टी इन्टरनेशनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोत साधन तथा प्रविधिको स्थानान्तरणलाई प्राथमिकीकरण गर्न अन्तर्राष्ट्रिय समुदायले कोभ्याक्स जस्तो विश्वव्यापी संयन्त्रलाई स्पष्ट सहयोग प्रदान गर्नुपर्ने उल्लेख गरेकी छन् ।
कोराेना रोकथामका लागि नेपाललाई सहयोग गर्न एम्नेस्टीकाे आह्वान
३१ जेष्ठ २०७८, सोमबार १६:२९0


सम्बन्धित समाचार
१२ असार २०७८, शनिबार १८:०९0
शनिबार २,०१६ संक्रमित थपिदा ४,९१४ जना निको भए
नेपालमा शनिबार थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय ४२ जनामा कोर
Read More
२४ आश्विन २०७९, सोमबार १८:०५0
सप्तरीमा १२७ उम्मेदवार
सप्तरी। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएका छ्न्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार विभिन्न पार्टी
Read More
१ कार्तिक २०७९, मंगलवार १७:५८0
राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन : सहमहामन्त्री यादव
जनकपुरधाम,कार्तिक, १ गते । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको रहेको बताउनु भएको छ । उहाँले राजनीतिक स
Read More
Comment here