स्वास्थ्य

कोरोना प्रकोपमा फिजियोथेरापी

काठमाडौँ — आज सेप्टेम्बर ८ तारिक, विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झैं यस वर्ष डब्लूसीपीटीले यो दिवस मनाउनका लागि रिह्याब्लिटेसन आफ्टर कोभिड भन्ने नारा दिएको छ ।

फिजियोथेरापी भनेको एक उपचार पद्धति हो जसले उचित शारीरिक क्षमता मूल्यांकन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथाम गुर्नका साथै रोग लागिसकेकालाई त्यस समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । विभिन्न रोगका कारण शारीरिक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यक्तिहरुलाई पुनर्स्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन यसले मद्दत गर्दछ ।

आजको दिनसम्म आइपुग्दा जनमानसमा फिजियोथेरापीको उपचार पद्धतिका बारेमा त्यति राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिसमात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनि फिजियोथेरापीको बारेमा पूर्ण ज्ञान भएको पाइँदैन ।फिजियोथेरापी ढाड, कम्मर, घुँडा दुखेका, मुख बांगिएका, प्यालाइसिस भएका व्यक्ति र छातीमा खकार जमेका व्यक्तिमात्र नभई हरेक व्यक्तिलाई आवश्यक हुनसक्छ । चाहे त्यो व्यक्ति बच्चा, वृद्ध, गर्भवती वा सुत्केरी महिला वा शल्यक्रिया गर्नुअघि र पछिका बिरामी नै किन नहोस् । यस्तै आईसीयूमा भर्ना भएका बिरामी वा सामान्य उपचार गराइरहेका बिरामीलाई पनि फिजियोथेरापी आवश्यक हुनसक्छ ।

Comment here