समाज

क्षिरेश्वरनाथ नपाका महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सुरु


बटुकनाथ झा
जनकपुरधाम,११गते असोज ्।
महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरीरहेको माण्डवीले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिभिहरुका लागि तेस्रो मोडयुलको चार दिने प्रारम्भिक प्रशिक्षण मंगलबार देखि सुरु गरेको छ । सो नगरपालिकाका १८ जना महिला जनप्रतिनिहिरुलाई दोस्रो चरणको प्रशिक्षण सम्पन्न भए पछि संस्थागत विकास तर्फ तेस्रो मोड्युलको प्रशिक्षण सुरु गरेको संस्थाका तालिम अधिकृत सम्झना वर्माले जानकारी दिनुभयो । सहभागी महिला जनप्रतिनिधिहरुलाई यो चरणमा व्यक्तिगत विकासका लक्ष्यहरु र कार्य योजना,समुदाय परिचालन, विकास,सञ्चार माध्यम संग सहकार्य,समुहगत कार्य, बैठकको योजना व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनाई तथा सञ्जाली कारण सम्बन्धमा चार दिन सम्म तालिम अधिकृत सम्झना बर्मा र अनुगमन तथा मुल्यांकन अधिकृत उवम् प्रशिक्षक रंजित कुमार साहले प्रशिक्षण दिने माण्वीका अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले जानकारी दिनुभयो । जिल्लाको पाँच वटा स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई पहिलो र दोस्रो चरणको नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएका माण्डवीले अब संस्थागत विकासका सम्न्धमा महिलाजन प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने अभियान अन्तरगत प्रशिक्षण दिइरहेका छन् । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा सुरु भएको चार दिने प्रशिक्षणमा दुबै जना प्रशिक्षकले महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्रथमिकताका साथ उठाउन गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिने अनुगमन अधिकृत चौधरीले जानकारी दिनुभयो । यो भन्दा पहिला दोस्रो चरणको प्रशिक्षणमा सहभागीहरुलाई प्रस्तुतीकरण र सार्वजनिक वक्तव्य सीप,सरोकारबलाहरुसंगको सहकार्य, लेँगिकतार लैँगिक समानता, नियमन,महिला नेतृत्त्वको परिचय, आत्त्म विस्वासको अभिबृद्धि, स्थानीय शासन र स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भुमिका, राजनीति तथा निर्णय प्रक्रियामा महिला सहभागीताको महत्व लागयतका विषयमा प्रशिक्षण सम्पन्न भईसकेको संस्थाका सामाजिक परिचालक समृता लामाले बताउनु भयो । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत तेस्रो चरणमा जिल्लाका जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका,गणेशमान चारनाथ नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाकामहिला जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएने आयोजकले जनाएको छ ।

Comment here