समाज

खाद्य अधिकार वकालत सम्बन्धी अभिमुखिकरण सम्पन्न

जनकपुरधाम। खाद्यअधिकारको क्षेत्रमा काम गर्दै आएका फियान नेपालले बिहिबार जनकपुरधाममा अभिमुखिकरण सम्पन्न गरेको छ । विगत केहि महिना देखि जकनपुरधाममा प्रदेश स्तरीय कार्यालय संचालन गरी बनाइएको योजना अनुसारको कामको प्रगती सम्बन्धमा छलफल गरी अब गरिने कार्यको बारेमा योजना बनाइएको फियान नेपालका मधेश प्रदेश अधिकृत नन्दिनी यादवले जानकारी दिनुभयो । उक्त अभिमुखिकरण कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तिलक अधिकारीले खाद्य अधिकारको क्षेत्रमा भईरहेको काम र अब गर्ने क्रियाकापका बारेमा जानकारी गराउनु भएको थियो । धनुषा जिल्ला खाद्य अधिकार संजाललाई खाद्य अधिकार वकालत सम्बन्धी दिइएको सो अभिमुखिकरणमा अबउपरान्त गरिने संस्थाका कृयाकलापका बारेमा सर्वसम्मतीले निर्णय भएको संजालका अध्यक्ष देवकुमार महतोले बताउनु भयो। उहाँका अनुसार शुक्रबार संस्जालका पदाधिकारीहरुले मधेश प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव संग भेटी भुमीहिनकालागि खाद्य अधिकारको क्षेत्रमा मन्त्रालयले गर्ने कार्यहरुका बारेमा जानकारी लिने जनाइएको छ । त्यस्तै साउनको पहिलो साता खाद्य अधिकारका क्षेत्रमा काम गर्ने सरोकारबला संस्थाहरु संग बृहत बैठक गर्ने, प्रत्येक महिनाको पहिलो साता संजालको बैठक गर्ने तथा जेठ महिना भित्र मुखियपट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष संग भेटी त्यहाँ रहेको भुमिहिन को खाद्य अधिकारका विषयमा गरिने योजनाका बारेमा जानकारी लिने निर्णय भएको सचिव महतोले जानकारी दिनुभयो ।

Comment here