जनकपुरधाम । छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिका शुरु गरेको गौशाला (काजी हाउस) निर्माण अन्तिम चरणमा पुगेको छ। उपमहानगरपालिकाको वडा नंं १२ कुवामा तिव्र गतिमा निर्माण हुन लागेको गौशाला निर्माण पछि जनकपुरधाममा सडकको व्यवस्थापनमा सहयोग पुग्ने जनाईएको छ । गुठी संस्थानको १ विघा जग्गा लिजमा लिएर सोही जग्गामा गौशालाको निर्माण कार्य भईरहेको र चाडै निर्माण कार्य सकिने नगर प्रमुख मनोज कुमार साहले बताएका छन । २०७९ श्रावण २६ गते नगर प्रमुख मनोज कुमार साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षहरूले संयुक्त रुपमा गौशालाको शिलान्यास गरेका थिए । १ करोडको लागतमा निर्माण हुने गौशाला निर्माण अन्तर्गत पहिलो वर्षमा छाडा चौपाया राख्ने घर, चौपायाका लागि आवश्यक पर्ने भूस तथा पराल राख्ने घर तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख मनोज कुमार साहले जानकारी दिएका छन । गौशालाको निर्माणले नगरक्षेत्रमा जथाभाबी रुपमा छाड्ने चौपायाको नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने विश्वास जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको रहेको छ । गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोवर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल बिक्री गर्ने सोचमा उपमहानगरपालिका रहेको छ । यसले वर्षेनी रुपमा हुने मलको अभाव थोरै भएपनि समाधान हुने नगरप्रमुख साहको रहेको छ । नगरक्षेत्रमा चौपाया धनीहरूले दूध दुहेर गाई तथा गोरु एवं उत्पादन नदिने वस्तुहरू जथाभाबी रुपमा छाड्ने गरेका कारणले नगरपालिकाको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगरक्षेत्रमा जथाभाबी रुपमा चौपायाले सडक भरि गोवर तथा मूत्र त्याग गरेर फोहर बढाउने काम गरिरहेको छ । कहिले काहीँ छाडा चौपायाका कारणले सवारी दुर्घटना पनि हुने गरेको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट जरिवाना गर्ने कानूनी प्रावधान छ ।
गौशाला (कांजी हाउस) निर्माण अन्तिम चरणमा
२९ माघ २०७९, आईतवार ११:३५0


सम्बन्धित समाचार
२३ बैशाख २०७९, शुक्रबार २०:०२0
नगर विकासका लागि आफूलाई जिताउन बिभा ठाकुरको आग्रह
जनकपुरधाम, २३ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार प्रसार तथा घरदैलोमा व्यस्त रहेका मधेश प्रदेश को राजधानी अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार बिभा ठाकु
Read More
६ श्रावण २०७९, शुक्रबार ०७:२६0
अप्पन डेन्टल चेम्बर्सको निःशुल्क दन्त सेवाको विस्तार पालिका स्तरमा
बटुकनाथ झासाउन ६ गते जनकपुरधाम ।विगत लामो समय देखि मधेश प्रदेशकै मिभिन्न जिल्लामा निःशुल्क दन्त शिविर संचालन गर्दै आएका जनकपुरधामका अप्पन डेन्टल चेम्बर्सका संचालक डा. अजय शाकले अब धनुषाका विभिन्न पाल
Read More
१९ भाद्र २०७९, आईतवार १२:०३0
टिकटक बनाउँने क्रममा भीरबाट खसेर मृत्यु
दाङ | टिकटक मोहको कारण विश्वभर अकालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा पनि पछिल्लो समय टिकटक बनाउने क्रममा विभिन्न दुर्घटना हुँदा मृत्यु हुने खबर सार्वजनिक भइरहेका छन् ।यही क्रममा
Read More
Comment here