काठमाडौं । कप्तान ट्रेभोन ग्रिफितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा सातौं जित निकालेको छ ।एक खेलअगावै प्लेअफ पुगेको जनकपुरले लुम्बिनीसँगै क्वालिफायर्स खेल्ने पक्का भएको छ । जनकपुर १० खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ । लुम्बिनी १० खेलमा ८ जित र दुई हारको नतिजासहित १६ अंक जोडेर शिर्ष स्थानमा छ ।शुक्रबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित १७ ओभरमा १ सय ३६ रनमा सीमित भयो ।लुम्बिनीका अनिल शाहले सर्वाधिक ३५ रन योगदान गरे । उनले २१ बलमा तीन छक्का र एक चौका प्रहार गरे । ओपनर लाहिरु मिलन्थाले ३२ रन जोड्दा सुनिल धमला २७ रन र गुलसन झा १० रनमा आउट भए । त्योबाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।जनकपुरका ट्रेभोन ग्रिफितले ४ ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । समिउल्लाह शिनवारीले दुई विकेट लिँदा अशन प्रियन्जनले एक विकेट लिए ।यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरका लागि कप्तान ग्रिफितले आक्रामक इनिङ खेले । उनले ११ बलमा ५ छक्का र तीन चौका प्रहार गर्दै जनकपुका लागि सर्वाधिक ४७ रनको अविजित इनिङ खेले । ओपनर शरार्फुदिन असरर्फ १८ बलमा ५ चौका र एक छक्कासहित ३४ रनमा आउट हुँदा खडक बोहराले २२ रन, सामिउल्लाह सिनवारि २० रन र दिलिप नाथले १० रन जोडे ।लुम्बिनीका सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई विकेट लिए । प्यात ब्राउन र इसान पाण्डेले एक/एक विकेट लिए ।आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङस र फार वेस्टर्न युनाइटड भिड्ने छन् ।साभार : नेपाल प्रेस
ग्रिफित चम्किँदा जनकपुरसँग २३ रनले हार्यो लुम्बिनी
२२ पुष २०७९, शुक्रबार १२:५३0


सम्बन्धित समाचार
८ असार २०७९, बुधबार ११:४९0
‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने
काठमाडौं । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका
Read More
४ कार्तिक २०७८, बिहीबार १२:३६0
ट्वान्टी-२० विश्वकप : नामिबियाको पहिलो जित
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भए
Read More
९ मंसिर २०७९, शुक्रबार १२:०४0
धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले परा
Read More
Comment here