जनकपुरधाम, फागुन ४ गते ।धनुषा जिल्लाको नगराईन नगरपालिका ९ घोडघासका किसानहरुलाई सहुलियत कर्जा तथा वाली विमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा घोडघासमा संचालित बिकाससिल तथा बाजबा महिला कृषक समुहमा व्यापारी, सेवा प्रदायक तथा किसान विच एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । विकाससिल कृषक समुहका अध्यक्ष मंगनु महतोको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सहुलियत कर्जा तथा कृषि विमा सम्बन्धमा विकानहरुलाई जानकारी गराइएको थियो । कृषि विकास बैँक नगराईनका कर्मचारी संतोष चौधरीले किसानहरुलाई सहुलियत कर्जाका सम्बन्धमा तथा नेपाल ईन्स्योरेन्स कम्पनीका कर्मचारी रितेश मल्लिकले कृषि विमाका सम्बन्धमा सविस्तार जानकारी गराउनु भएको थियो । उक्त अन्तरक्रियामा तरकारी आपुर्ति श्रंखला सम्बद्ध व्यापारी, सेवा प्रदायक र किसान बिच व्यापार विस्तार तथा समन्वयका लागि छलफल भएको समृद्धि आयोजनाका जनकपुर करिडोर कार्यालयका तरकारी आपुर्ति श्रंखला सुपरिवेक्षक विष्णुदेब झाले जानकारी दिनुभयो । अन्तरक्रियाको मुख्य उद्देश्य समुहद्वारा उत्पादन गरिएको तरकारीहरुलाई सामुहिक बजारीकरण मार्फत विक्री गर्नुरहेको छ । कार्यक्रममा समुहहरुलाई वार्षिक तरकारी उत्पादन योजना,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया,गुणस्तरीय विउविजन र यसका फाइदाका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा स्थानीय किसानहरुका साथै समृद्धि आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
घोड़घासका कृषक संग समृद्धिको अन्तरक्रिया
४ फाल्गुन २०७९, बिहीबार २१:५६0


सम्बन्धित समाचार
१ कार्तिक २०७९, मंगलवार ०९:४८0
पत्रकार झाले गरे ५ वटा पुस्तकको मैथिली अनुवाद
जनकपुरधाम, पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जा
Read More
६ कार्तिक २०७७, बिहीबार ०३:३५1
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
Read More
९ असार २०७८, बुधबार १७:५६0
सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै रोपाइँ
सडक मर्मतको माग गर्दै सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित हिलाम्म सडकमा स्थानीय युवाले विरोधस्वरुप रोपाइँ गरेका छन् ।वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई सडक मर्मत गर्न पटक–पटक आग्रह गरे
Read More
Comment here