समाज

चट्याङ लगेर गम्भिर घाइते भएका बालकको रामजानकी हँस्पिटलमा सफल उपचार

जनकपुरधाम, ४ गते असार । चट्याङ लागेर गम्भिर घाइते भएका जनकपुरधामका एक एक जना बालकको राम जानकी हस्पिटलमा सफल उपचार भएको छ । जनकपुरधाम उपमहानगरपालिका एकका १५वर्षिय रेहान साफी गत जेठ २८ गते शुक्रबार चट्याङ लागेर रेल्वे स्टेसन नजिक गम्भिर घाइते भएका थिए । घाइते रेहानको तत्काल नजिकै रहेको धनुषा अस्पतालमा लगियो तर त्यहाँबाट उनलाई रेफर गरी रामजानकी हस्पिटलमा ल्यायो ।हस्पिटलमा आएको बेला गम्भिर अवस्थामा रहेको रेहानको उपचारमा संलग्न डा.हेमन्त शर्मा, डा. इशराजुल शाह तथाडा. संजय चौधरीलेउपचार गरी स्वस्थ्य बनाएको अस्पताल स्रोतले जनाएको छ । चट्याङका कारण रेहानको पिठ्युको छाला जलेको थियो ।उपचार पछि उनको अवस्था निकोभएपछि आफन्त खुशी भएका छन् । चट्याङ लागेर घाइते भएकाहरुको उपचारमा समस्या हुने गरेकाले विरामीका आफन्त चिंतित थिए । तर, रामजानकी हस्पिटलको चिकित्सका टिमले बालकरेहान साफीलाईनिको पारेपछि परिवारजन खुशी भएका छन्।

Comment here