विज्ञान

चमेरा : खतरनाक भाइरसहरुको खानी !

सार्स–कोभ–२ मात्रै हैन, मानिसलाई सोत्तर पार्न सक्ने अन्य थुप्रै भाइरसहरु पनि चमेरामै पाइन्छ !अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक मात्र उड्न सक्ने विचित्रको स्तनधारी जीव हो चमेरा ।

मानव सभ्यतामा चमेरालाई हेर्ने दृष्टिकोण खासै सकारात्मक छैन । अनगिन्ती कीरा फट्यांग्राहरु खाएर मानिसलाई गुण लगाउने, कैयौं फलफूल तथा खानेकुराहरुको विरुवामा परागसेचन गरेर भोकमरीबाट मानिसलाई जोगाउने यो ‘मानव–मित्रु’ जीवलाई लामो समयदेखि मानिसहरुले आफ्नो शत्रु ठान्दै आएको छ, मिथकहरुमा यसलाई खतरनाक र पैशाचिक जीवको रुपमा प्रस्तुत गरिँदै आएको छ । भुताहा फिल्महरुमा यसलाई पिशाच, मानिसको रगत चुस्ने खतरनाक जीवको रुपमा प्रस्तुत गरेर बदनाम गरिएका छन् । अझ झन् पछिल्ला शतकमा थुप्रै महामारी फैलाउने भाइरसहरुको मुहान वा स्रोत पनि चमेरा नै हो भन्ने पत्ता लाग्दै आएपछि त मानिसहरुमाझ ‘चमेराको छवि र इज्जत’ झनै खराब बन्दै गएको छ ।

Comment here