काठमाडौं । स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिका निभाएकी नायिका वैशाली ठक्करले आत्महत्या गरेकी छन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबागमा रहेको उनको घरमा भेटिएको थियो । प्रहरीका अनुसार वैशालीले अक्टोबर १६ मा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको शव पोष्टमार्टमका लागि एमएस अस्पतालमा राखिएको छ ।उनको शव नजिकै सुसाइड नोट पनि भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्याको कारण प्रेम सम्बन्ध रहेको बताइएको छ । प्रहरीले यस कोणबाट पनि अनुसन्धान थालेको छ । यद्यपी सुसाइड नोटमा के लेखिएको छ भन्नेबारे भने प्रहरीले केही बताएको छैन । वैशाली उज्जैनको महिदपुरकी बासिन्दा थिइन् । उनी विगत एक वर्षदेखि इन्दौरमा बस्दै आएकी थिइन् ।गत वर्ष २६ अप्रिलमा उनले केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् । नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी अभिनेत्रीले भिडियो शेयर गरेर दिएकी थिइन । दुवैले सन् २०२१ को जुनमा विवाह गर्ने तय भएको थियो । तर, अभिनेत्रीले एक महिनापछि विवाहको योजना स्थगित गरिन् ।आफ्नो निर्णयको पछाडि वैशालीले कोरोना केस बढेको बताएकी थिइन् । एक अन्तर्वार्तामा वैशालीले भनिन्, ‘कोरोनाबाट धेरैले ज्यान गुमाइरहेका छन्, यस्तो अवस्थामा म विवाह गर्न सक्दिनँ । अर्को वर्षसम्म अवस्था राम्रो भयो भने हामी बिहे गर्छौं ।’वैशाली ठक्करले स्टार प्लस शो ये रिश्ता क्या कहलाता है बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस शोमा वैशालीले संजनाको भूमिका निभाएकी छिन् । उनी यस सिरियलमा सन् २०१५ देखि २०१६ सम्म देखा परेकी थिइन् । यसपछि वैशाली यो वादा रहा , ये है आशिकी, ससुराल सिमर का, सुपर सिस्टर्स, लाल इश्क र विष या अमृत, मनमोनी २ जस्ता टिभी शोमा देखा परेकी छिन् ।साभार : डिसी नेपाल
चर्चित अभिनेत्री वैशालीले आत्महत्या गरिन् !
३१ आश्विन २०७९, सोमबार ११:४९0


सम्बन्धित समाचार
५ माघ २०७९, बिहीबार ११:४८0
प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै
काठमाडौँ, माघ ५ गते । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ ।
प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको
Read More
१५ जेष्ठ २०८०, सोमबार २०:२४0
जनकपुरधाममा टि–२० क्रिकेट प्रतियोगिता शुरु, मधेशको शुरुआती जीत
जनकपुरधाम । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आजदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता शुरु भएको छ ।महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम
Read More
१० फाल्गुन २०७८, मंगलवार १७:१०0
लोसपा परित्याग गरेर वृषेशचन्द्र लाल तमलोपामा प्रवेश
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले पार्टी परित्याग गरेका छन्। मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरेर लालले पार्टी परित्यागको घोषणा गरेका
Read More
Comment here