जनकपुरधाम, साउन २९ गते । विगत २६ दिन देखि तीन बूँदे माग अगाडी सार्दै धर्नामा रहेका चुरे तथा वनजंगल संरक्षण अभियानका आन्दोलनरत सुकुम्बासीहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन । मधेशका दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बासेबासीहरु भदौँ १ गते मधेश प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालय अगाडी दैनिक एक घण्टा र ज्ञापनपत्र बुझाउने, २,५,६ र ७ गते जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिने निर्णय गरेका हुन । भदौँ ८ गते साठ वटै जिल्लाका सदरमुकाममा तीन तहको सरकारका विरुद्ध विरोध प्र्रदर्शन तथा कोण सभा गर्ने र भदौँ ९ गते मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी मुख्यमन्त्रीको पुत्ला दहन तथा कार्यालयमा ताल्चा लगाउने तेस्रो चरणको कार्यक्रम तय गरेको धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले जानकारी दिए । विगत २३ दिन देखि जनकपुरधामको जनकचोकमा धर्नामा बसेको चुरे अभियान तथा सुकुम्बासीहरुले रिले अनसन देखि मुख्यमन्त्रीलाई साडी, चुरी पोते पठाउनुका साथै सडकमा सुतेर विरोध जनाएका हुन । बास्तविक सुकुम्बासीलाई वेवास्ता गर्दै अबैध रुपमा चुरेदोहन गरी अनाधिकृत तरिकाले चुरे क्षेत्रमा बस्ती बसाएकाले यसबाट मधेश मरुभुमिकरण हुने देखिएपछि आन्दोलन थालिएको संयोजक यादवले बताए ।
चुरे संरक्षण आन्दोलनकारीले गरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक


Comment here