जनकपुरधाम माघ ५ गते । धनुषा जिल्लाको विभिन्न पालिकामा दन्त उपचार गर्ने सम्झौता अनुसार काम गरिरहेका अप्पन डेन्टल चेम्बर्सले चार वर्ष सम्म जनकपुरधामका नागरिकलाई निःशुल्क दन्त स्वास्थ्य सेवा दिनेछ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह तथा चेम्बर्सका अध्यक्ष डा. अजय कुमार शाह बिच भएको सम्झौता अनुसार उपमहानगरपालिका सम्पुर्ण मतदातालाई निःशुल्क दन्त स्वास्थ्य सेवा गर्ने भएका छन् । चेम्वर्सको क्लिनिक अस्पताल रोडमा विहान १० बजे देखि २ बजे सम्म दन्त र मुख परिक्षण गर्ने, दाँत झिक्ने सेवा तथा ज्येष्ठ नागरिक, एकल महिला, अपाङग , असक्तको अस्थायी दाँत राख्ने सम्झौता भएको जारी विज्ञप्तीमा उल्लेख छ । यो भन्दा पहिला जिल्लाको धनुषाको सबैला नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका लगायतका स्थानीय तहसंग समेत सम्झौता गरी सो पालिकाका मतदातालाई समेत निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरिरहेको डा. शाहले जानकारी दिनुभयो ।
चेम्वर्सले चार वर्ष सम्म जनकपुरबासीको निःशु्ल्क दन्त परिक्षण गर्ने
५ माघ २०७९, बिहीबार २०:१७0


सम्बन्धित समाचार
९ पुष २०७९, शनिबार १७:०६0
जनमत नेताद्वारा मधेसी आयोगका पदाधिकारीमाथि कारबाहीको माग
जनकपुरधाम। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ ।जनमत पार्टीका नेता बीपी साहले म
Read More
२५ पुष २०७९, सोमबार ११:५६0
खानेपानी संस्थानको विज्ञापन नतिजा १२ वर्षपछि प्रकाशित
विराटनगर । परीक्षा लिएको १२ वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डरका कारण रोकिएको नत
Read More
८ श्रावण २०७८, शुक्रबार १८:३९0
पार्टीले अमरेश सिंहलाई कारबाही नगरे सामूहिक राजिनामा दिने चेतावनी
जनकपुरधाम । प्रदेश २ का महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता वीरेन्द्र सिंहले प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहलाई कारवाही गर्न माग गरेका छन् ।
मन्त्री
Read More
Comment here