समाज

छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाकाे मृत्यु, दुई घाइते

काठमाडौं । धनुषा र रौतहटमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।धनुषाको  जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने एकजना  घाइते भएका छन् । महोत्तरीबाट जनकपुर तर्फ ज्यादै गरेको ज१प ७४ ५९ नम्बरको मोटरसाइकल गए राती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ वर्षीय मिस्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलकाे पछाडि सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे  छ ।यसै गरी  रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अलि अहमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।गौरबाट कोप्वा तर्फ ज्यादै गरेको भारतीय नम्बरको मोटरसाइकल गए राती सवा ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।घाइते भएका मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।साभार : नेपाल प्रेस

Comment here