समाज

जउवा संघद्वारा नव नियुक्त मन्त्रीहरुलाई स्वागत तथा सम्मान

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेश २ सरकारमा सहभागी भएका नेपाली काँग्रेसका मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रवार संघको सभाकक्षमा नव नियुक्त भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, महिला बाल बालिका तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मालाई सम्मान गरिएको
हो ।
संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका पुर्व केन्द्रिय सदस्य निर्मल चौधरी, पुर्व अध्यक्ष रमेश साह, ललित साह लगायतका वक्ताहरु आ-आफ्नो मन्तव्य राख्दै नव नियुक्त मन्त्रीहरुको स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साह मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी पुर्व नगर सभापति धिरेन्द्र मोहन झा, मन्त्री यादवका सल्लाहकार मानवेन्द्र निधि , तरुण दलका नगर सभापति पंकज महतो सहितका व्यक्तिको सहभागिता रहेको थियोे ।

Comment here