जनकपुरधाम १३ गते पुस ।जनकपुरधाम निवासी विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सदभावना दूतमा चार बर्षका लागि उहाँलाई नियुक्त गरिएको छ । उहाँ एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका( एएनटिए )को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सगरमथा लायन्स क्लबको प्रेसीडेन्ट,एनआरएनए को सक्रिय अभियन्ता र पूर्व शिक्षक हुनुहुन्छ । जनकपुरधामको जानकी माविमा शिक्षण पेसामा रहेका विजय चौधरी केहि वर्ष देखि अमेरिकाको क्यालिफोर्नियामा बस्दैहुनुहुन्छ । वहां चार बर्ष देखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृती, पर्यटनको क्षेत्रमा नेपाल र नेपाली लाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवर्धन लाई संरक्षण गर्ने कार्यमा सक्रिय रही प्रवासी नेपालीहरूलाई जोडी कार्य गर्दै हुनु हुन्छ । जनकपुरधाम उपमहानगर पालिका वडा नं.१६ कपिलेश्वरका स्थायी बासीन्दा चौधरीलाई नेपाल सरकारको मन्त्री स्तरिय निर्णयले पर्यटन सद्भावना दूत नियुक्त गरेको उहाँका भाई लोकतान्त्रिक समाजवादी पार्टीका नेता संजय कुमार चौधरीले जानकारी दिनुभयो ।
जनकपुरका विजय चौधरी अमेरिकाका लागि सद्भाव दूत
१३ पुष २०७९, बुधबार २०:३२0


सम्बन्धित समाचार
३ कार्तिक २०७८, बुधबार १३:०६0
विराटनगर विमानस्थल डुबानमा, उडान अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्
Read More
२७ जेष्ठ २०७९, शुक्रबार १८:३५0
विपतबाट जोगिन पुर्व तयारी अवस्थामा रहन नगर प्रमुख साहको आग्रह
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले विपतबाट जोगिन पुर्व तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन । जनकपुरधाममा आयोजित मनसुन जन्य प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास कार्
Read More
८ भाद्र २०७८, मंगलवार १३:१९0
माधव नेपालले भने- हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै चाहना र सुझाव अनुसार अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्न गएको बताएका छन् ।चन्द्रागिरी रिसोर्टमा दुई दि
Read More
Comment here