समाज

जनकपुरको राजदेवीमा झण्डै १५ हजार बोकाको बली

sharethis sharing button

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढेको छ ।

महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । सो अनुसार सोमवार राति पैने ९ बजेबाट बलि चढाउन सुरु भएको थियो । बलि आज विहानसम्म चढाइएको छ ।

मेला आयोजक मध्येका महावीर यूवा कमिटीका उपाध्यक्ष महेश साहले १४ हजार ९४१ बोकाको बलि चढेको जानकारी दिए । उनका अनुसार गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो ।

बलि चढाउन मन्दिर परिसरमा ४ वटा ठेहा राखिएको थियो भने सयौं यूवा परिचालित थिए । मन्दिरमा यसवर्ष बोका बलि चढाउने र लाइन बसेको तस्वीर लिन प्रतिबन्ध लगाएको थियो । साभार: नेपाल प्रेस

Comment here