जनकमपुरधाम १० गते भदौ । स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुको नेतृत्व र लैँगिक समानता सम्बन्धी जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरु संग माण्डवीले एक दिने अन्तरक्रिया शुक्रबार गरेको छ । लैँगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक सहभागिता तथा निर्णय प्रक्रियामा मेयर र अध्यक्षको भुमिका विषयमा माण्डवीले धनुषाका ११ वटा पािलकाका अन्तरक्रिया गर्ने क्रममा शुक्रबार जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यता सम्पन्न गरेको माण्डवीका धनुषा महोत्तरी कार्यक्रम अधिकृत प्रियंका ठाकुरले जानकारी दिनुभयो । कार्यक्रममा माण्डवीका अनुगमन तथा मुल्यांकन अधिकृत रंजित कुमार साह तथा प्रशिक्षक संझना बर्माले सहभागी वडाध्यक्ष, वडा सदस्य तथा महिला जनप्रतिनिधिहरुलाई संस्थाको कार्यक्रमका बारेमा जानकारी गराउदै महिला नेतृत्व र लैंिगक समानता विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने अभियानमा लागेका माण्डवीले स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिका क्षेत्रमा काम गरिरहेकोछ ।


Comment here