जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरणपश्चात हत्या भएको हो । साहद्वयको शव भारत विहार राज्यको सिमातढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले प्रेसलाई बताए ।उनका अनुसार १३ दिन अगाडि दुवैजना नातेदारको घर (बेला परिहार) गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको एसपी खड्काले जानकारी दिए ।अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रूपैयाँ फिरौती माग गरेको र २० लाखमा ‘डिल’ समेत भइसकेको थियो ।विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रूपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए ।‘पछि सम्पर्कमै आउन छाडे । मंगलबारबाट उनको फोन नै अफ छ । आज शव फला परेको जानकारी पाएँ’, रामकिशोरले भने ।अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो । तर, धनुषाका एसपी खड्का भन्छन्, ‘ढिलो जानकारी पायौं । यद्यपि हामीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धारको प्रयास गरे पनि सफलता मिल्न सकेन ।’यो घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । अहिलेसम्म ५ जना पक्राउ परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।धनुषा प्रहरीले जनकपुरधाम-८ का कृष्ण पण्डितलाई पक्राउ गरेको स्रोतले जनायो । अन्य एकजनाको नाम खुल्न सकेको छैन । घटनामा अन्य ४ जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ ।साभार : नेपाल प्रेस
जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या, पाँचजना पक्राउ
८ माघ २०७९, आईतवार १५:४५0


सम्बन्धित समाचार
३ श्रावण २०७९, मंगलवार १२:०३0
प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार तय
काठमाडौं । नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित भएको छ । यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौ
Read More
१३ मंसिर २०७९, मंगलवार १२:१६0
धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी
जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र ४ (२) मा मधेस प्रदेशका मन्त्री शत्रुधन महतोलाई हराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथ
Read More
१४ मंसिर २०७८, मंगलवार ११:४५0
विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि
निधिविरुद्ध पार्टी कार्यालयमा कार्यकर्ताको उजुरी
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति र श्रीमती अनामिकालाई महाधिवेशन प्रतिनिधि बनाए
Read More
Comment here