समाज

जनकपुरधामका नव निर्वाचित नगर प्रमुख साह द्वारा पदभार ग्रहण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र वाट निर्वाचित हुनु भएका नगर प्रमुख मनोज साह र नेपाली काँग्रेस वाट निर्वाचित नगर उप प्रमुख किशोरी साहले पदभार ग्रहण गर्नु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रद्युम्न उपाध्याले दुवै जनालाई मंगलबार पदभार ग्रहण गराउनु भएको छ । पदभार ग्रहण पश्चात संचारकर्मी सँगको कुराकानीमा नगर प्रमुख साहले आजै आफुले दुई वाट निणर्य गरेको बताउनु भयो । उहाँले सफाईको सवालमा रहदै आएको केन्द्रीकृत प्रणालीलाई बिकेन्द्रीकृत गरी नगरको प्रत्येक वडाको सफाईको जिम्मा वाडालाई नै दिने र त्यसको लागि आवश्यक स्रोत साधन नगरपालिकाले व्यवस्थापन गर्ने र नगरपािलका भित्रका कामकाज लाई पारदर्शी बनाउनका लागि सुचना डेष्क स्थापना गरी समय समयमा सुचना प्रवाह गर्ने निणर्य भएको बताउनु भयो । जनकपुरधामका नव निर्वाचित नगर प्रमुख मनोज साहले मंगलवार जनकपुरधाममा अभार रैली निकाल्नु भएको थियो।

Comment here