समाज

जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले गरे आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

जनकपुरधाम । जनकपुरधामका निवर्तमान मेयर तथा जसपाबाट मेयरका प्रत्यासी लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।बुधबार बिहान पत्रकार सम्मेलन आयोजन गरी उनले आफ्नो कार्यकालमा गरेको कामले जनकपुरधाममा थुप्रै परिवर्तन भएको दावी गरेका हुन् ।जनकपुरधाममा सरसफाइमा परिर्तन, एडिबी परियोजना अन्तर्गतका अलपत्र परेका कामहरुमा समन्वयकारी भूमिका, बाटोघाटो, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थय क्षेत्रमा फड्को मारेको दावी गरे ।साह पाँचदलीय गठबन्धनबाट जसापाका मेयर उम्मेदवार लालकिशोर साह र गठबन्धनकै काँग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले अगामी एजेण्डा समेत प्रस्तुत गरेका छन् ।

Related Posts

Comment here