समाज

जनकपुरधामका पुरुष जनप्रतिनिधि संग माण्डवीको अन्तरक्रिया

जनकपुरधाम माघ ५ गते । लैँङिगक समानताका साथै महिला नेतृत्वका क्षेत्रमा काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका ४५ जना पुरुष जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत बुधबार २३ जना तथा बिहिबार २२ जना पुरुष गरी वडा नं. १ देखि २५ सम्मका ४५ जना पुरुष जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । लैँगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भूमिकाका सम्बन्धमा वडाध्यक्ष तथा वडा सदस्यहरुलाई प्रशिक्षण दिइएको छ । उहाँहरुलाई प्रशिक्षकहरु संझना वर्मा,सेतारमान सिँह तथा पार्वती भट्टराईले प्रशिक्षण दिनुभइको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा प्रशिक्षकहरुले सहभागी पुरुष जनप्रतिनिधिहरुलाई महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठान गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिनुभएको अधिकृत चौधरीले जानकारी दिनुभयो । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत यो भन्दा पहिला महोत्तरी जिल्लाको पिपरा तथा जलेश्वरका स्थानीय पुरुष जनप्रतिनिधिहरुलाई समेत प्रशिक्षण दिइएको थियो । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा संचालित छन् ।

Comment here