समाज

जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले सार्वजनिक गरे संकलप पत्र

जनकपुरधाम । जनकपुरधामका लोकतन्त्रिक समाजवादी पार्टीका नगर प्रमुख पदका उम्मेदवार मनोज चौधरीले संकल्प पत्र सार्वजनिक गरेका छन् ।जनकपुरधामस्थित शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् ।उक्त २९ बुँदे संकलप पत्रमा बाह्य रिङ्ग रोड निर्माण, फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, शिक्षा स्वास्थ्यमा सुधार, निशुल्क उपचार, पर्यटन प्रवद्र्धनका लागि सिमित दुरीमा निशुल्क यातायात सेवा, धार्मिक पर्यटकीय स्थलको संरक्षण, निशुल्क इन्टरनेट, संचारमैत्री पालिकाको निर्माण लगायतका विषय सो संकल्प पत्रमा समावेश गरिएको छ ।सो घोषणा पत्रमा उल्लेख गर्न छुटेका विषय आगामी दिनमा समावेश गरिने समेत प्रमुख पदका उम्मेदवार चौधरीले जानकारी दिए ।लोसपाका धनुषा जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य परमेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको संकल्प पत्र सावेजनिक कार्यक्रममा उपप्रमुखकी उम्मेदवार रिता कुमारी मिश्र, लोसपा प्रचार प्रसार समितिका संयोजक संजयकुमार चौधरी लागायतको उपस्थिति रहको थियो ।

Comment here