समाज

जनकपुरधामका १३ वटा वडाका महिला जनप्रतिनिधिको दोस्रो चरणको प्रशिक्षण सुरु

जनकपुरधाम असार १३ गते । स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा माण्डवी नामक गैर सरकारी संस्थाले महिलाजनप्रतिनिधिहरुलाई लक्षित गरी दोस्रो चरणकोतालिम सुरु गरेको छ । नयाँ निर्वाचत जनप्रतिनिधिहरुआए पछि सोमबार देखि जनकपुरधामका वडा नं. १ देखि १३ सम्मका केहि महिला जनप्रतिनिधिहरुलाईचार दिने प्रशिक्षण सुरु गरेको छ ।स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा सुरु भएको चार दिने प्रशिक्षणमा प्रशिक्षक प्रमोद महत र संझना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्रथमिकताका साथ उठाउन लगायतका विषयमा प्रशिक्षण दिने जनाइएको छ । समाज रुपान्तरणमा जनप्रतिनिधीको रुपमा कसरी काम गर्ने बारेमा प्रशिक्षण सुरु भएको माण्डवीका मुल्यांकन तथा अनुगमन अधिकृत रंजीत साहले जानकारी दिनुभयो । माण्डवीको शी लिड्स नेपाल महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधीहरुलाई आफुहरुले गरेको काम तथा अगामी योजनाका लागि प्रशिक्षक दिइएको संस्थाका सामाजिक परिचालक अमृता लामाले बताउनु भयो । शी लिड्स महिलाप्रतिनिधिहरुकोलागि प्रारम्भिक प्रशिक्षणको दोस्रो मोड्युलको पहिलो चरणमा १३ वटा वडाका महिला जनप्रतिनिधिले प्रशिक्षण पाए पछि बाँकी रहेको वडाका अन्य महिला जनप्रतिनिधिलाइै पनि प्रशिक्षणमा सहभागी गराईने भएको छ ।

Comment here