जनकपुरधाम । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनअन्र्तगतधनुषाजिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर पदकालागिनेपालीकाँग्रेसबाट छ जनाअकांक्षी देखिएका छन । अकांक्षीहरुमा इन्दिरा चौधरी ,रुनाझा ,रिंकु गायत्रीमिश्रा,विजेताझा ,सम्झनावर्मा र निलम कणर्को नामकाँग्रेस कार्यकर्ता माझचर्चामा रहेको छ । नेपालीकाँग्रेस धनुषाकाउपसभापतिगणेश झाकीधर्मपत्नीसमेत रहनु भएकीचौधरी वि.स २०५२ सालमा नेपालीकाँग्रेसको सदस्यतालिएर काँग्रेसको कार्यकर्ता भएर सक्रिय राजनीतिमाहोमिनु भएको हो । यस पटक चौधरीलाई उपमेयरमै भएपनि टिकट दिलाएर छाडने काँग्रेस कार्यकर्ताहरुको अडान देखिएको छ । राजनीतिक परिवर्तनकालागि नेपालमाभएको विभिन्नखालको आन्दोलनमा नेपालीकाँग्रेसको तर्फ वाट सक्रियभूमिकानिर्वाह गर्नु भएकाचौधरी अहिले नेपालीकाँग्रेसको क्षेत्रियप्रतिनिधिभएर कामकाज गरीरहनु भएको छ । समाज सेवाकालागिनिकै नै सक्रिय देखिएकाचौधरी इमनेष्टी इन्टरनेशनलगु्रप ४७को दुइ पटक संयोजकभएर कामकाजगरि सक्नु भएको छ । त्यसै गरी अर्का अकांक्षी रुनाझा नेपालीकाँग्रेसको प्रदेशअधिवेशनप्रतिनिधिभएर नेपालीकाँग्रेसको लागिकामकाजगरिरहनु भएको छ । महिला नेतृको रुपमा नेपालीकाँग्रेसको कार्यकर्ता माझआफनो पहिचानबनाउनु भएकाझा सामाजिक क्षेत्रमापनिकामकाजगर्दै आउनु भएको छ । उपमेयरकालागिआंकाक्षी देखिनु भएकीरिंकुगायत्रीमिश्र नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहनु भएको छ । नेपालीकाँग्रेसमापत्रकारितामार्फत आफ्नो पहिचान स्थापितगर्नु भएको छ ।पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा समेत रुची राख्नु भएकीमिश्रबेलाबखतमा सामाजिककामकाजमा समेत सक्रिय सहभागिताजनाँउदै आउनु भएको छ । आंकाक्षीमध्येकाकाँग्रेसका स्थानीयमहिला नेतृ विजेताझा नेपालीकाँग्रेसको केन्द्रियमहाधिवेशनप्रतिनिधि हुनुहुन्छ । उहाँ सामाजिक क्षेत्रमाकामकाज गरी काँग्रेसमाआफनो पहिचान स्थापना गरी सक्नु भएको छ । अर्का आंकाक्षीकाँग्रेसको युवा नेतृ सम्झनावर्मा नेपालीकाँग्रेसको केन्द्रियमहाधिवेशनप्रतिनिधि रहनु भएको छ । वर्मा विभिन्न गैर सरकारी संघ संस्थामा समेत कामकाज गरेर सामाजिक क्षेत्रमा समेत आफनो पहिचान स्थापितगर्नु भएको छ। उपमेयरकालागिआकांक्षी देखिएकानिलम कणर् भने यस अघिको निर्वाचनमा पराजितहुनुभएको थियो । एक पटक अवसर पाइसकेको कारण अर्को लाई अवस दिनुपर्ने पक्षमाकाँग्रेसका नेताकार्यकर्ता रहेका छन । जनकपुरधामउपमहानगरको लागिआकांक्षी धेरै देखिएपनिकार्यकर्ताको समर्थन रहेकाव्यक्तिलाई मात्रै पार्टीले टिकट दिने तयारी गरेको छ । त्यसकालागि पार्टीले वडाबाट सिफारिस गराउनकालागिनिर्देशनदिनुका साथै विभिन्नशुभेच्छुक संस्था वाट उम्मेदवार चायनगर्ने विषयमामुल्यांकन गराइ रहेको काँग्रेस नेताहरुको भनाइ रहेको छ ।


Comment here