जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पूर्व श्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत भएको छ । यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आजदेखि सेवा विस्तार भएको हो ।आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिनुभयो । नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट शुरु भएपछि सेवाग्राहीको सङ्ख्या व्यापक रुपमा बढेको छ ।मधेश प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् । धनुषाबाट मात्र ४० हजारको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् ।मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् । अब घर नजिकैबाट स्वीकृति हुन थालेपछि समय तथा आर्थिक बचत हुने जनकपुरधाम उपमहानगरपालिका २५ का असिम कवाडीले बताउनुभयो ।जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन शुरु गरेको हो । त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान शुरु गरिएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।साभार : रेडियो नेपाल अनलाइन
जनकपुरधामबाट श्रम स्वीकृति दिन शुरु, युवाहरू उत्साहित
२६ पुष २०७९, मंगलवार १६:४९0


सम्बन्धित समाचार
१६ मंसिर २०७९, शुक्रबार २०:३१0
मतदाताले विस्वास गरेका महिला नेतृत्व
बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा धेरै नयाँ
Read More
१२ माघ २०७९, बिहीबार १७:२८0
भारतको ७४ औं गणतन्त्र दिवसमा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान
काठमाडौं । भारतको ७४औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श
Read More
१४ पुष २०७८, बुधबार ११:४९0
प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको अध्यक्षतामा समिति गठन
जनकपुरधाम। प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो। मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर
Read More
Comment here