जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उक्त पदमा अन्य कसैले उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उनी निर्विरोध निर्वाचित भए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।साभार : नेपाल प्रेस


Comment here