समाज

जनकपुरधाममा दशैँ बजारको उद्घाटन गरियो


बटुकनाथ झा, असोज १०गते ।
हिन्दुहरुको महान पर्व दशैँको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैँ (सस्ता) बजार सोमबार देखि सुरु भएको छ । असोज १० गते देखि १७ गते सम्म जनकपुरधामको गोपाल धर्मशालामा लाग्ने सो दशैँ बजारको उद्घाटन मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुघन महतोले गनुभएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको दशैँ बजारको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले यो बजारमा उपभोक्ताहरुको विस्वास रहेकाले उचित मुल्यमा गुणस्तरीय सामानहरु विक्री गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । दशैँ बजारको लागि बजार स्थलमा धर्मशालाको बाहिर ६० र भित्र ३४ गरी कुल ९४ वटा स्टलहरु रहेको दशैँ बजार व्यवस्थापन मुल समितिका सदस्य सचिब तथा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो । दशैँ बजारको उद्घाटन सत्रमा बोल्दै मन्त्री महतोले सीमापारबाट कच्चा पदार्थ ल्याएर सानो उद्योग संचालन गरिरहेको अवस्थामा यस क्षेत्रका उपभोक्ताहरु सिमापारबाट सामानहरु ल्याउदा व्यापारमा ह्रास आएको बताउनु भयो । यसका लागि उपभोक्ता र उद्योगी व्यवसायी बिचको समन्वयको आवश्यक्तारहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै दशैँ बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सिमापारबाट उपभोग्य सामानहरु ल्याउन आमनागरिकले सिफारिस लिन आउने गरेको बताउदै यहाँको व्यवसायलाई सक्षम बनाउन त्यस्ता काम रोक्न आफु तयार रहेको बताउनु भयो । सो कार्यक्रममा बौल्दै जनकपुरधामका मेयर मनोज साहले निजी क्षेत्रले नै बजार धान्ने गरेकाले यस क्षेत्रलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताउनु भयो । एक साता सम्म लाग्ने दशँै बजारमा साबुन, सर्फ, चाउचाउ,अगरबत्ती,कपडा लगायतका दैनिक उपभोग्य सामानहरु होलसेल दरमा खुद्रा बिक्री गरिने भएकाले उपभोक्ताहरुको उपस्थिती बढ्ने दशैँ बजार व्यवस्थापन समितिका सदस्य सचिव महसेठले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले केहि बैँकले सुरुमा ८ प्रतिसतमा व्यवसायीहरुलाई कर्जा दिएपनि एक वर्ष नवित्दै १८ प्रतिसत सम्म ब्याज लिने गरेको बताउनु भयो । उहाँले बजारमा सामानको मुल्य नबढ्ने तथा व्यवसायीहरुलाई बैँकले व्याज दोब्बर बढाएकाले निजी क्षेत्र धरासायी हुदै गएको बताउनु भयो । दशैँ बजारको उद्घाटनमा पुर्व अध्यक्ष निर्मल चौधरी , प्रदेश साँसद परमेश्वर साह लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

Comment here