जनकपुरधाम, २७ गते फागुन । नेपालको ५२ स्थानमा बेवारिसे लासको व्यवस्थापन गरिरहेका समाजसेवी विनय जंग बस्नेतले अब जनकपुरधाममा पनि आफ्ना शाखा विस्तार गर्न लागेका हुन । बेवारिसे लास व्यवस्थापन तथा पुर्नजिवन केन्द्र नामक संस्था स्थापना गरी बेवारिसे लास व्यवस्थापन तथा लागु औषध दुव्यसन गर्नेलाई पुनस्थापनको काममा लागेका बस्नेतले जनकपुरधाममा केहि समय पछि शाखा स्थापना गरी यहाँ पनि काम थालिने बताउनु भयो । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उहाँले काठमाडौँमा आठ सय १९ वटा वेवारिसे लासको पशुपति आर्यघाटमा दागबत्ती दिईसकेको जानकारी गराउदै धनुषामा प्रहरी र स्थानीय तहको समन्वयमा शाखा स्थापना गरी काम थालिने बताउनु भयो । पछिल्लो समयमा नेपालका केहि आमाबुवालाई संन्तालनले तिर्थ घुमाउने नाउँमा भारतको मन्दिरमा छोड्ने तथा भारतबाट पशुपति दर्शनको नाउँमा छोड्ने गरेकाले सडकमा बस्नेको संख्यामा बृद्धि भईरहेको बताउनु भयो । जाड रक्सी सेवन गर्नेहरुको कारण पनि सडकमा बस्नेहरुको संख्यामा बृद्धि भईरहेकाले संस्थाले यस्को लागि निःशुल्क रुपमा काम गरिरहेको बताउनु भयो । जनकपुरधाममा बाआमा आश्रमको स्थापना गरी यस्ता सडकमा बस्नेहरुलाई व्यवस्थापन गर्न समन्वय गरिरहेको बताउनु भयो । समाजसेवी बस्नेतले विगतमा आफु पनि लागु औषधको दुव्यसनीमा फसेकाले अहिले सडकमा रहेका यस्ता दुव्यसनीहरुको पिडा आफुलाई थाहा भएकाले यस्ता मानिसलाई मनोसामाजिक उपचार पद्धतीबाट उपचार गरी सडक जीवनबाट मुक्त गर्न अभियान संचालन गरेको बताउनु भयो ।
जनकपुरधाममा बेवारिसे लास व्यवस्थापन गर्ने ः समाजसेवी विनयजंग बस्नेत
२७ फाल्गुन २०७९, शनिबार २०:५४0


सम्बन्धित समाचार
४ असार २०७८, शुक्रबार १२:४७0
कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशनको संशोधित कार्यतालिकामा केन्द्रित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाे । दिउँसाे १ बजेपछि बस्ने बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफलमा केन्द्रित हुने बताइएकाे छ ।
यसअघि हिजाेको बैठकमा महामन्त्री
Read More
१५ असार २०७९, बुधबार ११:५४0
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर। वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सड
Read More
५ आश्विन २०७९, बुधबार १२:०५0
राष्ट्रपति भण्डारीले तत्काल राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव
काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रप
Read More
Comment here