बटुकनाथ झा
जनकपुरधाम भदौँ ३१ गते ।
दशैँ वर्षको अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा आठ दिन सम्मा लाग्ने सस्ता बजार यो वर्ष पनि हुने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा दसैँ बजार यो वर्ष अगामी असोज १० गते घटस्थापनादेखि १७ गते महाअष्टमीसम्म गोपाल धर्मशालामा बजार लगाउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दसैँ बजार व्यवस्थापन मूल समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकमा विभिन्न उपसमितिहरूको निर्माण गरिएको छ । दसैँ, दीपावली तथा छठ पर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्न सहितका दैनिक उपभोग्य सामानहरू बिक्री गर्ने निर्णय पनि बैठकले गरेको छ । गत वर्ष दसैँ बजारमा १ सय ६ वटा स्टल रहेका थिए । गत वर्ष दशैँ बजार स्टल फारम शुल्क ९५ हजार र स्टल व्यवसाय शुल्क ७ लाख ५० हजार गरी ७ लाख ९५ हजार ५ सय आम्दनी तथा ६ लाख ५७ हजार ९८६ खर्च भई एक लाख एक हजार ५१४ बचत भएको अध्यक्ष महासेठले जानकारी दिए । सो बैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधामका होटेलहरुमा बाहिरबाट पर्यटकहरु राति सम्मा आउने भएकाले साकाहारी खाना सहितका होटेल अबेर राति सम्म खुल्नु भएको बताउनु भएको थियो । नगर क्षेत्र भित्र किराना पसल, पान पसल जस्ता ठाउँमा पनि मदिरा विक्री भईरहेको स्विकार गर्दै प्रशासनको समन्वयमा केहि दिनमै यस्ता समस्या समाधान गर्न उपमहानगरपालिका काम सुरु गरिसकेको बताउनु भयो ।
जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने


Comment here