समाज

जनकपुरधाममा युपिभीसी झ्याल ढोका उद्योगको उद्ध्घाटन गरियो

जनकपुरधाम, १ गते भदौँ । काठमाडौँ र हेटौडा पछि अब जनकपुरधाममा नयाँ युपिभिसी झ्याल ढोकाको उद्योग स्थापना भएको छ । जनकपुरधामका नगर प्रमुख मनोज कुमार साहले सो उद्योगको उद्घाटन गर्नुभएको छ । यो उद्योग संचालन भएपछि सखुवा काठको विपल्पमा युपिभिसी रहेकाले यसले उपभोक्तालाई घरको झ्याल ढोका बनाउन सजिलो हुने इं मनोज कुमार महतोले बताउनु भयो । उद्योगका संचालक सेराजुल कवारीले नयाँ क्वालिटीको झ्याल ढोका जनकपुर बजारमा आफुले ल्याएकाले यसले नयाँ घर बनाउहरुका लागि सजिलोहुने बताउदै यसमा १०वर्षको वारेन्टी तथा ३५ वर्ष सम्म काम लाग्ने दावी गर्नुभयो । सो उद्योगको उद्घाटन कार्यक्रममा एसियन पेन्टका डिलर महेन्द्र पुर्वे,लियाकत राइन, रालम राइन, योगेन्द्र यादव, बद्री यादव, जानकी रमन झा लगायतकाृे उपस्थिती रहेको थियो भने कार्यक्रमका संचालन श्इाम साहले गर्नुभएको थियो ।

Comment here