समाज

जनकपुरधाममा स्वतन्त्र उमेदवार साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उमेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन् । जनकपुरधाममा ६० प्रतिशतभन्दा बढी मतगणना सकिएको छ ।स्वतन्त्र उमेदवार मनोजकुमार साहले नौ हजार ७७४ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका उमेदवार शिवशंकर साहले सात हजार ६०४ मतसहित पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर दुई हजार १७० छ । नेपाली कांग्रेसका नेता मनोजकुमार पार्टीले टिकट नदिएपछि घण्टाघर चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरी तेस्रो स्थानमा छन् । उनले तीन हजार ९५८ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह तीन हजार ३६१ मतसहित चौथो स्थानमा छन् ।पाँचौँ स्थानमा रहेका स्वतन्त्र उमेदवार बलराम महतोको तीन हजार ८५ र अर्का स्वतन्त्र उमेदवार जानकी राम साहले १५ सय मत ल्याएका छन् ।यस्तै, डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी उमेदवार अनिता साहले एक हजार १५८ मत पाएकी छन् । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)की विभा ठाकुरले ९१० मत ल्याएकी छन् ।साभार : नेपालबहस

Comment here