समाज

जनकपुरधाममा स्वास्थ्य सेवा दिवस मनाइयो


जनकपुरधाम, फागुन १५ गते । गुणस्तरीय स्वास्थ्यका लागि दैनिक क्रियाकलापमा सुधार गर्न सल्लाह सहित आइतबार जनकपुरधाममा विभिन्न कार्यक्रम गरि स्वास्थ्य सेवा दिवस मनाइएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ २४ औँ स्वास्थ्य सेवा दिवसका अवसरमा प्रदेश सरकारले स्वास्थ्यमुलक कार्यक्रमहरु गरेका छन् । प्रत्येक वर्ष फागुन १५ गतेका दिन मनाइने यो दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्रङगनमा विहान स्वास्थ्य संग सम्बन्धीत कर्मचारीहरुको उपस्थितीमा योग शिविर संचालन भएको थियो । सय भन्दा बढी व्यक्तिको सहभागितामा योग गुरु मनोहर साहले योगसम्बन्धी जानकारी गराउनु भएको थियो । त्यसपछि ५५ जनाको मधुमेह जाँच, ४६ जनाको पिसाबमा सुगर र प्रोटिन जाँच तथा रक्तचाप जाँच गर्नुका साथै ७० जनाको कोविड १९ विरुद्धको खोप प्रदान गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको सो दिवसको अवसरमा दुई दर्जन भन्दा बढी व्यक्तिलाई निःशुल्क सरसफाई किट प्रदान गरिएको छ ।

Comment here