समाज

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए । यस्तै एमालेका शिवशंकर साहले ९५३२ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५३६० मत ल्याउँदा जनता समाजवादी पार्टीका लालकिशोर साहले ५१९४ मत पाए । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४२९० मत पाए भने, स्वतन्त्रबाट नै मेयर लडेकी जानकारी राम साहले २०७२ मत पाइन् ।उपमेयर तर्फ नेपाली कांग्रेसकी किशोरी साहले १५५२५ मत पाएर विजयी भइन् । एमालेकी रुणादेवी झाले १०८८५ मत पाइन् ।

Comment here