समाज

जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा लोसपा नेता संजय चौधरीको संभावना प्रबल

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता तथा केन्द्रिय सदस्य संजय चौधरी पनि आंकाक्षीको रुपमा प्रस्तुत भएका छन ।स्थानियतहको निर्वाचन नजिक रहेको बेलामा पार्टीबाट विभिन्न नेताहरुले आफुलाई मेयरको उम्मेदवारको रुपमा घोषणा गरिरहेका बेला जनकपुरधामका युवा तपकाहरुले नेता चौधरीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयरको उम्मेदवारी घोषणा गर्न दबाब दिन सुरु गरेको हो । मधेश आन्दोलनका अगुवा समेत रहेका चौधरी विगत १८ वर्ष देखि अनवरत मधेशवाद माथि काम गर्दै आएका छन ।राजनीति शास्त्र,समाजशास्त्र र हिन्दी गरी तिन विषयमा मास्टर डिग्री पुरा गरेका चौधरी २२ वर्ष स्वास्थय क्षेत्रमा पनि लगनशिलताका साथ काम गरेका छन । स्पष्ट वक्ता समेत रहेको नेता चौधरी युथ जेनरेशनमा क्रिएटिभ कनसेप्ट राख्ने नेता मध्ये एक नेता रहेका छन । उनले विगतको चुनावमा तीनवटै तहमा आफनो क्षेत्रमा हासिल गरेको एतिहासीक जितमा महत्वपुर्ण प्रचारक वनि काम गरेका थिए ।विभिन्न संघ संस्थामा नेतृत्व गरिसकेका चौधरी जानकी हाईस्कुलका व्यवस्थापन समितिका अध्यक्षको रुपमा समेत जिम्मेदवारी निर्वाह गरिसकेका छन । उनले मधेश आवाजसंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयरको रुपमा अगाडी बढनका लागि युवाहरुले निरन्तर दबाब दिएपछि आफु अगाडी बढेको वताउदै पार्टीका लागि विगत देखि नै विना कुनै लोभ लालच र लाभको काम गर्दे आएकोले अब मेयर पदका लागि पार्टीले पनि कदर गर्ने आफुलाई विश्वास रहेको वताए ।युथ आइकोनको रुपमा समेत रहेको उनि बढदो युगसंगै नगरको विकास पनि सोहि अनुसार हुनुपर्ने उनको सोच रहेको छ । जनकपुरधाम उपमहानगरपालिका राजधानी समेत भइसकेको अवस्थामा उपमहानगरपालिकालाई मुलकमै अलग्गै रुपमा चिनाउनका लागि सोहि अनुसार को विकासका साथै प्रविधि पनि भित्राउनुपर्ने उनको भनाई छ । शिक्षा क्षेत्रको हवको रुपमा रहेका जनकपुरधामलाई पुनःस्थापित गर्नका लागि निकै काम गर्नुपर्ने आवश्यकता रहेको वताउछन ।उनका अनुसार जनकपुरधामलाई पर्यटन क्षेत्रको रुपमा मात्रै विकास गरेर होइन औधोगिकरुपमा पनि विकास गर्नुपर्ने र त्यसका लागि जनकपुरधामलाई सोहि अनुसारको वातावरण तयार गरेर लग्नुपर्ने आवश्यकता छ ।

Comment here