जनकपुरधाम ।अगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन नजिकदै जाँदाँ राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले चुनाव जिते पछि जनताका लागि के के गर्ने विषयमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालेका छन ।
बुधबार जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेस वाट बागी भएर चुनावी चर्चामा रहनु भएका स्वतन्त्र उम्मेदवार मनोज साहले पत्रकार सम्मेलनको आयोजना गरी जनता सामु आफना प्रतिबद्धता(पत्र सार्वजनिक गर्नु भएको छ । उहाँको प्रतिबद्धतापत्रमा जनकपुरधाम उपमहानगर-पालिका भित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइटको निमाणर् ,फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरणको खरिद गरी जनशक्ति परिचालन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
साहले सार्वजनिक गरेको २१ वुँदे प्रतिबद्धतापत्रमा जनकपुरधाम उपमहानगर भित्रका शिक्षा ,स्वास्थ्य,भौतिक पूर्वाधारको निमाणर् ,कृषि ,पर्यटन र उद्योगको सम्रग विकासका लागि विभिन्न खालका कार्यक्रमहरुलाई समावेश गरिएको छ । प्रतिबद्धता (पत्रमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको लामखुट्टेको नियन्त्रण , आउटर रिंगरोड, पशुबाधशालाको निमाणर् लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
जनकपुरधाम भित्रका सहकारीहरु मार्फत गरीबी रेखामुनि रहेका व्यक्ति तथा परिवारहरुको पहिचान गरी उनीहरुको आर्थिक सबलताका लागि आवश्यक योजना ,प्रत्येक घरमा खानेपानिको व्यवस्था , आवासवाट बञ्चित भएका व्यक्तिहरुलाई घर बनाई हस्तान्तरण गरिने सम्मको विषयलाई मेयर पदका उम्मेदवार साहले प्रतिबद्धतापत्रमा समावेश गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै साहले आफु मेयरमा जितेको खण्डमा उपमहानगरपालिका वाट प्रभावह हुने प्रशासनिक सेवा जनता मैत्री हुने साथै उपमहानगर क्षेत्र भित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाँउमा चौबिसौ घन्टा काम गर्नेगरी सिसिटीभी क्यामरा जडान गराइने बताउनु भयो ।
यस अघि मंगलवार जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले पनि जनकपुरधामको समग्र विकासका लागि जनकल्याण प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको थियो ।


Comment here