समाज

जनकपुरधाम सभापतिमा मनोज साह निर्विरोध निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। आइतबार स्थानीय गोपल धर्मशालामा जारी अधिवेशनमा नगर सभापतिमा मनोज साह निर्विरोध चयन भएका हुन्। नगरसभापतिका लागि साहकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। पार्टी उपसभापति विमेलेन्द्र निधिको पहलमा साह निर्विरोध भएको बुझिएको छ।यसअघि नगरसभापतिका लागि राकेश विक्रम साहले पनि दाबेदारी गरेका थिए। तर, उपसभापति बनाउने सहमतिपछि उनी पछि हटेको बताइएको छ।यद्यपि दुईजना उपसभापतिका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन्। साहसहित पंकज महतो, विक्रम यादव, नरेश यादव र दिनेश यादवले नगर उपसभापतिका लागि उम्मदेवारी दर्ता गराएका छन्।नगरसभापतिमा सर्वसम्मत भए पनि अन्य पदका लागि भने निर्वाचन हुने सम्भावना देखिएको छ।साभार : आयोमेल

Comment here