समाज

जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार देखि जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु भएको छ । महोत्सवलाई नेकपा (एकिकृत समाजवादी)पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले उद्घाटन गर्नु भएको छ । उदघाटनशत्रलाई सम्बोधन गर्दै उहाँले मैथिली भाषा सँस्कृतिको उत्थानका लागि तिनवोटै तहको सरकारको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले सवै भाषा सँस्कृतिको सम्मान हुनु पर्ने भन्दै एकले अर्काको सम्मान गर्ने वातावरणको निमाणर् गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष नेपालले विदेह सभ्यताको पाँचसय वर्षको ईतिहास रहेको चर्चा गर्दै यस प्रकारको महोत्सवको आयोजना गर्नु मैथिली भाषा साहित्य र सँस्कृतिको संरक्षणको सवालमा राम्रो कामको शुरुवात भएको बताउनु भयो । अध्यक्ष नेपालले नेपाल बहुभाषिक र बहु साँस्कृतिक देश भएकोले लोकतान्त्रीक वातावरणमा बहस गरेर हामी सबैले देश निमाणर्को काममा अघि बढनु पर्ने धारणा राख्नु भयो । उहाँले देशलाई एकता बद्ध बनाएर लैजानका लागि लचकताको भावनाको विकास हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमा मधेस प्रदेशका मुख्यमन्त्री लालवावु राउतले मधेस प्रदेशमा बोलिने हरेक भाषा र सँस्कृतिको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले प्रदेशको विभिन्न भाषा,साहित्य र सँस्कृतिको संरक्षण सम्बद्र्धन र अध्यनका लागि प्रदेश सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको र त्यसको तयारी अन्तिम चरणमा रहेको बताउनु भयो । कार्यक्रममा उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मैथली भाषा आफैमा समृद्ध भाषा रहेको र यसको संरक्षणका लागि आफनो मन्त्रालय विभिन्न चरणमा सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा वक्ताहरुले मैथिली भाषा लाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनका लागि माग गरेका थिए । मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादव , नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव सहितका वक्ताले आ—आफनो मन्तव्य राख्दै महोत्सको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । उद्घाटन शत्रहुनु पुर्व आजै विहान कोषले जनकपुर नगर क्षेत्रमा विभिन्न खालको झाँकिहरु सहित शोभा यात्रा निकालेको थियो । आज वाट शुरु भएको महोत्सव तिन दिन सम्म चल्ने छ । महोत्सवमा मैथिली भाषा साहित्यको विभिन्न विषयमा माथि विभिन्न शत्र बनाएर छलफल गर्नुको साथै राती साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ ।

Comment here