जनकपुरधाम । उपमहानगरपालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ। मेयर मनोज साहले शुक्रबार नगरसभामा बजेट सार्वजनिक गरेका हुन्।विनियोजित खर्चमध्ये चालु खर्च रु. १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ। जसमा आर्थिक विकास तर्फ ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको मेयर साहले बताए।बजेटमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवर्द्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वाधार तथा शहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन लगायतलाई समेटेको छ ।
जनकपुर उपमहानगरपालिका द्वारा करीब २ अबरको बजेट प्रस्तुत
१० असार २०७९, शुक्रबार १९:१५0


सम्बन्धित समाचार
३ कार्तिक २०७९, बिहीबार १२:०६0
कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण
काठमाडौँ, कात्तिक ३ गते । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग्रहणले अपराह्न ४ः
Read More
२६ जेष्ठ २०७९, बिहीबार १२:१७0
जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विवादको कारक भने मन्त्री पद हो।मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहर
Read More
७ आश्विन २०७९, शुक्रबार १२:३५0
राष्ट्रपतिविरुद्ध मधेसमा जसपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्
Read More
Comment here