समाज

जनकपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राजकुमार साह पद मुक्त

साउन २६ गते जनकपुरधाम । जनकपुर जेसीजका वर्ष २०२२का अध्यक्ष राजकुमार साहलाई बुधबार भएको साधारण सभाबाट पद मुक्त गरिएको छ । जनकपुर जेसीजको धारा १३ बमोजिम भएको विशेष साधारण सभाबाट साह माथि अनियमितता, कार्यक्षमता र नेतृत्वको आभाव जेसीजको आस्था र भावना विपरित शाखा भित्र गुट उपगुटको माहोल बनाएकाले विधानको ३०(५) बमोजिम पदभार मुक्ति प्रस्ताव पारित गरी जनकपुर जेसीज २०२२ को अध्यक्ष जेसी राजकुमार साहलाई अध्यक्षको पदबाट पदभार मुक्त गरेको महासचिव अजय कुमार गुप्ताले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै वर्ष २०२२ को बाँकी अवधिका लागि कार्यकारी उपाध्यक्ष जेसी राजेन्द्र कुमार साहलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय भएको जारी विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

Comment here