समाज

जनकपुर मणिपालमा १०० बेडको ‘विशेष कोभिड अस्पताल’ संचालन

संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया र प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजबीच भेटवार्ता भएको छ ।

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आइपुगेका अरगरियालाई प्रदेश प्रमुख अहिराजले आफ्नै कार्यालयमा स्वागत गरेका हुन् । अहिराजले मन्त्री अरगरियालाई खादा र मैथिली टोपी ‘पाग’ लगाएर स्वागत गरेका छन् ।

भेटका क्रममा धार्मिक पर्यटन, प्रदेशको विकास, मधेसको धार्मिक पर्यटन गन्तव्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने सम्बन्धी साथ, सहयोग र पहल गर्ने विषयमा छलफल तथा समझदारी भएको मन्त्री अरगरियाको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख अहिराजले मधेशको विकास र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comment here