समाज

जनमत पार्टीका मन्त्री खान भन्छन् – भोलिसम्म मन्त्रालय हेरफेर नभए सरकारबाट फिर्ता हुन सक्छु

काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्रीको जिम्मेवारी पाएका अम्बदुल खानले भोलिसम्म मन्त्रालयको विवाद टुंगो नलगाए सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् ।संसद भवनमा पत्रकारसँग कुरा गर्दै खानले आफूले खानेपानी मन्त्रालयको जिम्मेवारी स्वीकार नगरेको बताए । उनले विकल्पमा छलफल भइरहेको भन्दै आइतवारसम्मको आश्वासन पाएकाले त्यसपछिमात्र के गर्ने भन्ने टुंगो लाग्ने बताए ।मन्त्री खानले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । जनमत पार्टीले उद्योग वाणिज्य आपूर्ति वा कृषि मन्त्रालय माग गरेको छ ।साभार : नेपाल प्रेस

Comment here