काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा कांग्रेसको झन्डा अडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।आइतबार बिहान देउवा जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवा उनको निवास थापाथली पुगेका थिए । देउवासँगै कांग्रेस महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणा जबरालाई श्रद्धाञ्जली दिन थापाथली पुगेका थिए । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचाररत जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाइँ तथा कांग्रेसका नेता सुनिलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । जबराले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रूपमा काम गर्दै आएका थिए ।उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।साभार : रातोपाटी
जबराको पार्थिव शरीरमा देउवाले ओढाए कांग्रेसको झन्डा
२२ माघ २०७९, आईतवार १२:३९0


सम्बन्धित समाचार
१९ मंसिर २०७८, आईतवार १२:२८0
विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुषयज्ञ हुने
जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन धनुषयज्ञ हुने भएको छ ।सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शन दोस्रो दिन फूलबारी लीला भएसंगै आज धनु
Read More
१९ चैत्र २०७८, शनिबार १४:२९0
धनुषाको औरहीमा अध्यक्ष पदका आकाँक्षी बढदै, अन्तिम तीन जनाबीच टिकट हत्याउने रस्साकस्सी
जनकपुरधाम ।आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन अन्र्तगत धनुषाजिल्लाको औरही गाँउपालिकामा अध्यक्षपदकालागि नेपालीकाँग्रेसबाट आठजना आकाँक्षी देखिएका छन ।गाँउपालिकाको अध्यक्षपदकालागि देखिएकाआकाँक
Read More
५ माघ २०७८, बुधबार १२:४८0
खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात
काठमाडौं । सुनसरी जिल्लाको बर्जु गाउँपालिकास्थित सिमसार क्षेत्रमा अवस्थित छ, १५२ बिघा क्षेत्रफलमा फैलिएको बुर्जुताल । पर्यटकीय सम्भाव्यता बोकेको यही तालको प्रचारप्रसारका निम्ति तीन वर्षदेखि बर्जु महो
Read More
Comment here