समाज

जसपाद्वारा केन्द्रीय सदस्य साह निलम्बित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ ।केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही २०७९ आश्विन २१ गतेका दिन महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साह लगायतका केही व्यक्तिहरूबाट भएको अमर्यादित र अभद्र क्रियाकलापले गर्दा सो दिनको भेला मात्र भाँडिएन, उक्त दिन खास गरी महिला माथि गरिएको अपमान, हातपात तथा अभद्र कार्यप्रति पार्टीको ध्यानाकर्षण भएको छ ।’ पार्टी विधि, पद्धति विपरीत अनुशासनहीन कार्य गर्ने, महिला नेतृहरुमाथि हातपात तथा अपमान एवम् अभद्र व्यवहार गर्ने साहलाई पार्टी विधानले गरेको व्यवस्था बमोजिम निलम्बन गरिएको पार्टीले जनाएको छ । घटनाको छानबिन गरी पार्टीले आवश्यक निर्णय लिने समेत जानकारी दिइएको
छ । साभार : रातोपाटी

Comment here