जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा संसदीय दलका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।जनकपुरधामस्थित जसपा पार्टी कार्यालय पुगेर मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् । दलका नेताका लागि दुई जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए ।दलका नेताका अर्का आकांक्षी सांसद राम अशिष यादवले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार उनले निवर्तमान सभामुख यादवलाई समर्थन गरेका हुन् ।मधेश प्रदेशमा जसपाको १६ सांसद छन् । दलका नेता बन्नेले मुख्यमन्त्री बन्ने अवसर पाउने छन् । सत्तारुढ दलहरुबीच मधेश प्रदेशमा पहिलो चरणमा जसपालाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।प्रकाशित चुनावी तालिका अनुसार आज साँझ ५ बजेबाट ६ बजेसम्म मतदान हुनेछ ।साभार : नेपाल प्रेस
जसपा मधेस संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र यादवको उम्मेदवारी
२५ पुष २०७९, सोमबार ११:४२0


सम्बन्धित समाचार
२५ माघ २०७८, मंगलवार ११:५६0
प्रदेश सरकार सुस्त भएको लोसपाको आरोप
धनुषा । मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरूले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले गठन गरेको समिति, आयोग, बोर्डका पदाधिकारी काम नपा
Read More
९ माघ २०७९, सोमबार १२:१८0
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना
पोखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । सोमबार
Read More
१० पुष २०७९, आईतवार १२:०७0
देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्
Read More
Comment here