समाज

जसपा यादव समूहका १९ सांसदले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी  (जसपा) काे बाबुराम भट्टराई– उपेन्द्र यादव समूहका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने भएका छन् ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकमा सहभागी १९ सांसदले प्रधानमन्त्रीलाई मत दिने निर्णय भएकाे प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जानकारी दिए । संसदीय दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले देउवाकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे उनले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने निर्णय गर्दै आजकाे बैठक सकिएकाे अध्यक्ष उपेन्द्र यादवका प्रेस संयाेजक महेश चाैरसियाले जानकारी दिए । 

बैठककाे माइन्युटमा १९ जनाकाे उपस्थिति उल्लेख भए पनि रामसहाय यादवकाे भने हस्ताक्षर छैन । माइन्युटमा हस्ताक्षर छुटे पनि यादवले प्रधानमन्त्रीकै पक्षमा मत दिने स्राेतकाे दाबी छ ।पार्टीकाे आधिकारिकता विवाद कायम रहेकाले निर्वाचन आयाेगकाे निर्णयपछि संसदीय दलकाे नेताकाे टुङ्गाे लगाइने जसपाले जनाएकाे छ ।

साभार : कोसी अनलाइन

Comment here